१६ आश्विन २०८१, बुधबार

नेपाल-कोरिया कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा

प्रकाशित मिति :  2 October, 2024 1:20 pm


काठमाडाैँ । नेपाल- कोरियाबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको छ ।

नेपाल र गणतन्त्र कोरियाली दुतावासले मंगलवार साँझ ५० औं वर्षगाँठ विभिन्न कार्यक्रम गरी मनाएको हो । ५० औं स्वर्ण जयन्तीको अवसरमा दुतावासले कोरियाली भाषा, कोरियाको परिचय तथा संस्कृतिको अनुभुति गराउनका लागि तीनसम्म विभिन्न कार्यक्रमहरू काठमडौँमा आयोजना गरेको हो ।

कोरियाले ५० औं स्वर्ण जयन्तीको अवसरमा ‘कोरियाली डिजिटल कला प्रदर्शनी’ तथा  हाजिरी जवाफ र कोरिया भाषा वतृत्वकला प्रतियोगिता समेत गरेको थियो । मंगलवार ५० औं स्वर्ण जयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवले सहभागिता जनाएका थिए । नेपाल र कोरिया सरकारबिच कुटनीतिक सम्बन्धसँगै व्यापार र लगानीमा समेत सम्बन्ध बिस्तार हुँदै आएको छ ।

कार्यक्रमा सहभागि उद्योगी व्यवसायीहरूले कोरियाले नेपाललाई महत्व दिएर लगानी र सहयोग गरिरहेको बताएका छन् । नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष कमलेशकुमार अग्रवालले कोरियाले नेपालको शिक्षा,रोजगार र आर्थिक क्षेत्रमा सहयोग गर्दै आएको बताए । उनले कोरियासँग इपीएस कार्यक्रम सफल भएर नेपालको लागि राम्रो भएको बताए । उनले कोरिया धेरै विकसित मुलुक भएको भन्दै प्रविधि भित्र्याउन सक्नुपर्ने बताए । उनले नेपालको निजी क्षेत्रले कोरियासँग समन्वय गरेर उद्योग व्यापारमा लगानी भित्र्याउन सक्नुपर्ने बताए ।

व्यवसायी दीपक मलहोत्राले पनि नेपालमा कोरियाले हाईड्रो,उद्योग र पर्यटनमा लगानी गरिरहेको बताए । उनले नेपालका सामाग्री कोरियामा निर्यात गर्ने विषयमा पहल भइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !