१६ आश्विन २०८१, बुधबार

जनतालाई प्रत्यक्ष लाभ दिनेकुरामा जोड दिऔँः सभामुख घिमिरे

प्रकाशित मिति :  2 October, 2024 1:43 pm


काठमाडाैँ । सभामुख देवराज घिमिरेले संघीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिनेकुरामा जोड दिनुपर्ने बताएका छन् ।

बुधवार सिंहदरबारमा आयोजित प्राकृतिक श्रोत तथा वित्त आयोगको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधनका लागि वर्तमान सरकार बनेको भन्नेकुराहरू प्रत्यक्ष र अपरोक्ष रुपबाट आइरहेको बताएका हुन् । उनले अहिले संघीयता नै बेठिक भयो भन्नेगरी आक्रमण भइरहेको भन्दै संघीयता कानूनअनुसार चल्ने हो भने राम्रो रहेको बताए ।

उनले मनोगत भन्दा तथ्यगत आधारहरु हेरेर संघीयताको मूल्यांकन गर्नुपर्ने बताए ।उनले आगामी दिनमा संघीयता अझ प्रभावकारी बनाउन, संघीयताको माध्यमबाट जनतालाई प्रत्यक्ष लाभ दिन र संघीय प्रणालीको संयन्त्रबाट कामहरू प्रभावकारी सम्पन्न गर्ने वातावरण निर्मााण् गर्न जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !