१६ आश्विन २०८१, बुधबार

एनपिएल अक्सनका लागि १४२ खेलाडी छानिए

प्रकाशित मिति :  2 October, 2024 9:26 pm


काठमाडौं । नेपाल क्रिकेट संघले आउँदो ३० नोभेम्बरदेखि २१ डिसेम्बरसम्म हुने नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने खेलाडीको दर्ता सम्पन्न गर्दै अक्सनका लागि सर्ट लिस्ट सार्वजनिक गरेको छ । गत असोज ५ देखि सुरु दर्ता प्रक्रिया १२ गतेसम्म चलेको थियो ।

जसमा ४२६ नेपाली खेलाडीहरुले आफ्नो नाम दर्ता गराएको क्यानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । दर्ता भएका खेलाडीबाट एनपिएल अक्सनका लागि १४२ जना खेलाडीलाई सर्ट लिस्ट गर्दै क्यानले नामवली सार्वजनिक गरेको हो । अब एनपिएलको अक्सन आगामी २० असोजमा काठमाडौंमा हुनेछ ।

खेलाडीकाे सूची हेर्नुहाेस्



प्रतिक्रिया दिनुहोस !