१७ आश्विन २०८१, बिहिबार

बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २३३ पुग्यो

अझै २२ जना बेपत्ता र १६९ जना घाइते छन्
प्रकाशित मिति :  3 October, 2024 7:39 am


काठमाडाैं । असाेज ११ र १२ गतेकाे निरन्तरकाे वर्षापछिकाे बाढीपहिराे र डुबानका कारण हालसम्म दुई सय ३३ जनाकाे मृत्यु भएकाे गृहमन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार अझै २२ जना बेपत्ता छन् । विपद्‌मा परी १६९ जना घाइते भएका छन् ।हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको प्रवक्ता तिवारीले बताए । उनका अनुसार सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेकाे छ ।



प्रतिक्रिया दिनुहोस !