१७ आश्विन २०८१, बिहिबार

कोशी र बाग्मतीका एक–दुई स्थानमा भारी बर्षाको सम्भावना, यस्तो रहनेछ शनिवारसम्मको मौसम

प्रकाशित मिति :  3 October, 2024 7:53 am


काठमाडौँ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

बिहीवार बिहानैदेखि कोशी प्रदेश र बाग्मती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बिहीवार कोशी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी बर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानहरुमा हावा–हुरीको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञाान विभागले जनाएको छ ।

विभागका अनुसार शुक्रवार दिउँसो कोशी, बागती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशका एक–दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ।

शनिवार दिउँसो पनि मौसम आंशिक बदली रही कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शुक्रवार राती कोशी,मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

शनिवार दिउँसो पनि मौसम आंशिक बदली रही कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिवार राती कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सम्भावित वर्षाको प्रतिकूलतालाई मध्यनजर गरेर आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । दशैंका लागि काठमाडौँबाट छुट्ने गाडिलाई उज्यालोमै नारायणगढ पुग्ने गरी छुटाउने व्यवस्था गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !