१७ आश्विन २०८१, बिहिबार

सरकारद्वारा विपद् पीडित जिल्लामा अनुगमन टोली परिचालन

प्रकाशित मिति :  3 October, 2024 10:58 am


काठमाडाैँ । सरकारले विपद्मा उच्च जोखिममा परेका जिल्लाहरूमा पीडितहरूको राहत तथा उद्धारको कामलाई प्रभावकारी बनाउन स्थलगत अनुगमन टोली परिचालन गरेको छ ।

गृह मन्त्रालयले बुधवार साँझ पत्रकार सम्मेलनगरी सो जानकारी गराएको हो । विपद्बाट प्रभावित घरपरिवारलाई राहत, उद्धार लगायतका विषयमा प्रदेश, स्थानीय तह एवं संवद्ध पक्षसँग समेत आवश्यक समन्वय, सहजीकरण प्रभावकारी रूपमा गर्न ८ वटा जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा मन्त्रालयका सहसचिवहरुको नेतृत्वमा सरोकारराख्ने निकायका प्रतिनिधिहरू समेत संलग्न रहेको स्थलगत अनुगमन टोली आजैदेखि परिचालन गरिएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

मन्त्रालयले पीडितलाई राहत तथा उद्धार गर्नेलगायतका कार्यमा सरकारले निर्णय कार्यान्वयनमा ढिलाई नगर्न गृहमन्त्री रमेश लेखकले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सचेत गराउनु पनि जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !