१७ आश्विन २०८१, बिहिबार

टर्कीद्वारा असफल विद्रोहको सम्बन्धमा फरार पूर्वन्यायाधीश पक्राउ

प्रकाशित मिति :  3 October, 2024 11:59 am


काठमाडाैँ । टर्की राष्ट्रिय खुफिया संगठन (एमआईटी) र पुलिसले २०१६ मा कु को प्रयास गरेको आरोपमा एक पूर्वन्यायाधीशलाई संयुक्त अपरेशनमा हिरासतमा लिएको छ ।

गुलेन आन्दोलनसँगको कथित सम्बन्धको कारण आठ वर्षदेखि फरार रहेका मुस्तफा करातेलाई एक सूचनाको आधारमा अंकाराको येनिमहल्ले जिल्लामा रहेको उनको अपार्टमेण्टबाट पक्राउ गरेको बताएको हो ।

कारबाहीका क्रममा सुरक्षा बलले आन्दोलनको शिर्ष नेतृत्वसँग कुराकानी गर्न करातेले प्रयोग गरेको ल्यापटप, ट्याब्लेट, फोन र अन्य डिजिटल उपकरणहरू पनि बरामद गरेको थियो । आन्दोलनमा करातेको महत्वपूर्ण भुमिका रहेको बताइएको थियो । यो आन्दोलन कथित रूपमा मुस्लिम धर्मोपदेशक फेतुल्लाह गुलेनको नेतृत्वमा र नामाकरण गरिएको हो ।

जसलाई उनका अनुयायीहरूले आध्यात्मिक नेता मान्दछन् । अंकाराले अमेरिकामा रहेका प्रचारकलाई जुलाई १५, २०१६ मा भएको ‘कु’ प्रयासको मास्टरमाइन्ड गरेको आरोप लगाएको छ । जसमा २५० मानिस मारिएका थिए । टर्की सरकारले विद्रोहको प्रयासपछि सञ्जालसँग जोडिएका संदिग्धहरूमाथि व्यापक कारवाही सुरू गरेको छ । 



प्रतिक्रिया दिनुहोस !