१७ आश्विन २०८१, बिहिबार

नेपाल-दक्षिण कोरियाबिचको सम्बन्ध सहयोगपूर्णः सभामुख घिमिरे

प्रकाशित मिति :  3 October, 2024 12:16 pm


काठमाडाैँ । सभामुख देवराज घिमिरेले नेपाल-दक्षिण कोरियाबीचको सम्बन्ध सहयोगपूर्ण रहेको बताएका छन् ।

बुधवार काठमाडौँमा नेपाल-दक्षिण कोरियाबीच कुटनीतिक सम्बन्ध कायम भएको ५० औं वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले दुई देशबिच सन् १९७४ मा स्थापना भएको कुटनीतिक सम्बन्ध लामो समयदेखि मैत्रीपूर्ण, पारस्परिक, समान सहकार्यमा आधारित र विभिन्न क्षेत्रमा सहयोगपूर्ण रहेको उल्लेख गरे ।

उनले नेपाल र कोरियाबिच भएका उच्चस्तरीय सरकारी भ्रमण, व्यापारिक तथा सांस्कृतिक आदानप्रदान र दुई पक्षिय सम्झाैताहरूले सम्बन्धलाई बलियो बनाएको बताए । उनले दुवै देशले एशियाली क्षेत्रको शान्ति र समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गरे । उनले कोरिया सरकारले नेपाललाई विकास साझेदार मुलुकको प्राथमिक सूचिमा राखेर विभिन्न क्षेत्रहरुमा विकास, साझेदार कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे ।

उनले दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत नेपाली युवाहरूलाई वैदेशिक रोजगारीमा अवसर प्रदान गरेको र नेपालमा रेमिट्यान्स आप्रवाहलाई थप बलियो बनाएको बताए ।

सभामुख घिमिरेले नेपालमा वैदेशिक लगानीको वातावरणलाई विश्वसनीय बनाउन कोरियाली कम्पनीहरुको भुमिका स्मरणयोग्य रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !