१७ आश्विन २०८१, बिहिबार

एकतर्फी रूटमा यात्रुको चाप, भद्रपुरबाट रित्तै काठमाडौं फर्कियो बुध्द एयरको जहाज

प्रकाशित मिति :  3 October, 2024 12:40 pm


काठमाडौं । चाडबाडको समयमा एयरलाइन्स कम्पनीहरुले अधिकतम मूल्यमा टिकट बेचेको गुनासो आइरहेको समयमा काठमाडौं आउने यात्रु नभएपछि झापाको भद्रपुरबाट बुध्द एयरको जहाज भने रित्तै काठमाडौं फर्किएको छ ।

बुध्दले काठमाडौंबाट भद्रपुरका लागि गरेको विहीबार बिहानको दुईवटा उडानमा ७२ सिट क्षमताको एउटा जहाज रित्तै फर्किएकाे हाे भने अर्को जहाजले भने जम्मा १० जना यात्रु लिएर काठमाडौं आएको हो ।

भद्रपुर–काठमाडौं उडानमा अति कम यात्रु भएपनि केही दिन अगाडीको भारी वर्षा तथा पहिरोका कारण पूर्वी नेपाली छिटो जोड्ने विपी हाईवे बन्द रहेकाले यात्रुको टिकट मागलाई सम्बोधन गर्दै आजदेखि बुध्द एयरले भद्रपुरमा दुई उडान थपेको छ । यसले यात्रुहरुलाई सजिलै टिकट बुकिङ गर्न सजिलो तथा आउजाउमा थप सहजता हुने विश्वास लिएको बुध्द एयरले जनाएको छ ।

गत वर्षको जाडो मौसममा भद्रपुरमा खासै हुस्सु कुहिरो नलागेको तथ्य रहेको र जनकपुरको हुस्सु कुहिरो पनि चाँडै हट्ने हुँदा यी दुई स्थानमा बिहानकाे उडान थपिएको बुध्द एयरका सुचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए । यी उडानहरु मौसम तथा अनुकुलतासँगै हरेक दिन थपिने उनले बताए ।

बुध्द एयरको भद्रपुरदेखि काठमाडौं उडानको भाडादर पाँच हजार रूपैँया रहेको छ ।



प्रतिक्रिया दिनुहोस !