१७ आश्विन २०८१, बिहिबार

विपद्मा परी घाइते भएकालाई उपचारबाट वञ्चित हुन दिँदैनौँः स्वास्थ्यमन्त्री पौडेल

प्रकाशित मिति :  3 October, 2024 3:37 pm


काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद्मा परी घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गरिरहेको बताएका छन् ।

बिहीवार राष्ट्रिय ट्रमा सेन्टरमा मनसुनजन्य विपद्बाट घाइते भएका उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका उनले उपचार आवश्यक भएका सबै नागरिकहरुलाई स्वास्थ्य मन्त्रलयले निःशुल्क उपचार उपलब्ध गराइरहेको बताएका हुन्।

उनले सरकारी अस्पतालहरूमा विपद्बाट घाइते भएका बिरामीहरुको निःशुल्क उपचार जारी रहेको र विपद्बाट घाइते भइ उपचार नपाएका नागरिकहरूले पनि सरकारी अस्पतालमा पुगेर उपचार गराउन सक्ने बताए ।उनले कतिपय नागरिकहरूलाई सरकारले निःशुल्क उपचार गराएको बारेमा जानकारी नहुनसक्ने भन्दै सञ्चारमाध्यमले सूचना संप्रेषणा गरिदिन आग्रह गरे ।उनले विपद्बाट भएका जस्तोसुकै जटिल समस्याको पनि उपचार सरकारले निःशुल्क गर्ने बताए ।

मन्त्री पौडेलले विपद् कुनैपनि बेला आउनसक्ने भन्दै जनचेतना अभिवृद्धि गर्न जरुरी रहेको बताए । प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने काम भइरहेको बताए । उनले तीन तहकै सरकारसँग समन्वय गरी विभिन्न कार्यक्रमहरू अघि बढाइएको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !