१७ आश्विन २०८१, बिहिबार

एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान

प्रकाशित मिति :  3 October, 2024 5:19 pm


काठमाडाैँ । एसएस फाउण्डेशनले नख्खु खोलाले बगाएकाहरूको सकुशल उद्धार गर्ने चणिकलाल तामाङलाई सम्मान गरेको छ ।

बिहीवार काठमाडौँमा एक कार्यक्रमबिच तामाङलाई फाउण्डेशनले सम्मान गरेको हो । तामाङलाई एसएस फाउण्डेशनले नख्खु खोलाले बगाएका दुई जनालाई सकुशल उद्धार गर्न सफल भएकोमा ५० हजार रुपैयाँ नगदसहित सम्मनन गरेको हो ।

उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सम्मान गरे । सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले सद्भाव,सहिष्णुता,मानवता नेपालीहरूमा रहेको बताए । उनले सेवा, त्याग भन्नेकुरा पढेर र कसैले सिकाएर नभइ मनबाट आउने कुरा भएको बताए ।

गत असोज १२ र १३ गते देशभर आएको भीषण वर्षाका कारण काठमाडौं उपत्यकासहित भीषण बाढी, डुबान र पहिरो गएको थियो । जसकारण ठूलो जनधनको क्षति भएको छ । सडक सञ्जाल अवरुद्ध भएका छन् ।



प्रतिक्रिया दिनुहोस !