१७ आश्विन २०८१, बिहिबार
बाढी-पहिरो वितण्डा

दसैँ अगाडि अवरुद्ध विपी राजमार्ग नखुल्ने, फसेका यातायातको उद्धार मात्र गरिने

प्रकाशित मिति :  3 October, 2024 4:37 pm


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध विपी राजमार्ग दशैँअघि नखुल्ने बताएको छ ।

बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध विपी राजमार्ग दसैँ अगाडी सञ्चालनमा नआउने जानकारी दिएका हुन् ।

उनले मन्त्रालयको टोलीले स्थलगत अवलोकन समेत गरेर आएको भन्दै दसैँ अगाडी विपी राजमार्ग खुल्ने सम्भावना नरहेको उल्लेख गरे । यद्यपी खुलाउने प्रयास भने जारी राखिने उनको भनाई छ । खुलेको अवस्थामा पनि फसेका यातायातका साधनको उद्धार मात्र गरिने र अन्य सवारी साधनलाई चलाउन सकिने गरी खुलाउन नसकिने उनले स्पष्ट पारे । 

असोज ११ र १२ गतेको भारी वर्षाका कारण देशभरमा ३४ वटा राजमार्गहरुका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएको जानकारी दिइइएको छ । त्यसमध्ये ७७४ स्थानको पहिरो हटाइ २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सुचारु गरिसकिएको सचिव शर्माले जानकारी दिए । हाल ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्ने प्रयास जारी राखिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !