१८ आश्विन २०८१, शुक्रबार

बडादसैँको दोस्रो दिन : ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै

प्रकाशित मिति :  4 October, 2024 7:23 am


काठमाडौँ । आज बडादसैँको दोस्रो दिन ब्रम्हचारिणी भगवतीको पूजा गरी मनाइँदै छ। आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा गर्ने प्रचलन गरेको छ ।

घटस्थापना गरेसँगै नवदुर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्पराअनुसार दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा गरिदै आइएको छ। नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौ‍ँ दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ।

आज देशभरिका नवदुर्गाका मन्दिर र शक्तिपीठमा भक्तजनहरुको भीड लागेको छ। राजधानीभित्रका गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणीसहितका देशभरका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरू बढेका हुन्।

उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि भक्तालुहरूको घुइँचो लागेको छ।



प्रतिक्रिया दिनुहोस !