१८ आश्विन २०८१, शुक्रबार

विपद्मा परेका सत्र हजार नागरिकको सकुशल उद्दार गरेको सरकारको दाबी

प्रकाशित मिति :  4 October, 2024 8:04 am


काठमाडौँ । बाढीपहिरो र डुबानमा परेका १७ हजार बढी नागरिकको सकुशल उद्दार गरिएको गृहमन्त्रालयले जनाएको छ । प्रवक्ता सहसचिव ऋषिराम तिवारीले नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयंसेवकको सहायताले १७ हजार १२० जनाको उद्दार गरिएको जानकारी दिए ।

प्रवक्ता तिवारीका अनुसार विपद्मा परी अझै २२ बेपत्ता रहेको र उनीहरुको खोजीकार्य जारी रहेको छ । देशभर १६९ जना घाइतेको विभिन्न अस्पतालमा निःशुल्क उपचारको प्रबन्ध गरिएको उनले बताए । गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौंँ उपत्यकाबाट दुई हजार १५८ जना, कोशी प्रदेशबाट ९० जना तथा मधेश प्रदेशबाट ३५ जनासहित देशका विभिन्न स्थानबाट विपत्मा परेकाको उद्वार गरिएको छ । काठमाडौँ उपत्यकाबाहेक सबैभन्दा बढी बागमती प्रदेशबाट १३ हजार ६४० जनाको उद्दार गरिएको छ ।

मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टरबाट पनि बिरामी, घाइते, बालबालिका, ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर उद्धारकार्य गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !