७ मंसिर २०८१, शुक्रबार

नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन सुरू

प्रकाशित मिति :  4 October, 2024 4:56 pm


काठमाडाैँ । नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको छ । विश्वलाई शान्तिमय बनाउने मुल उद्देश्यका साथ मानवीय सभ्यताका विविध विषयमा छलफल सुरू गरिएको हो ।

विश्वभरका सभ्यता सम्बन्धि अनुसन्धानकर्ताहरू सहभागी भएर सभ्यतामार्फत शान्तिमय विश्व बनाउने उद्देश्य सम्मेलनले लिएको अनुसन्धानकर्ता डा.विक्रम तिमिल्सिनाले जानकारी दिए ।

उनले भने, “करिव १०, १२ देशका भारत, चीन, अमेरिका, त्यसैगरी पाकिस्तान, संयुक्त अरव ईमिरेट्स, क्यानडा, हङकङ विभिन्न ठाउँका सभ्यतालाई एउटा शान्तिको द्वारको रुपमा, एउटा शान्तिको मार्गको रुपमा प्रश्तुत गर्नका लागि सभ्यतालाई प्रयोग गर्न सकिन्छ भन्ने बारेमा आज हामी छलफल गरिरहेका छौं ।”

भारत, चीन, अमेरिका, पाकिस्तान, संयुक्त अरब ईमिरेट्स, क्यानडा, हङकङ लगायतका देशहरु सहभागी रहेको तीन दिने सम्मेलन शुक्रवारबाट काठमाडौँ सुरू भएको छ । शनिवार र आइतवार (भोलि र पर्सी) भने सो सम्मेलन नगरकोटमा आयोजना हुनेछ । सभ्यतालाई विश्वशान्तिको माध्यामको रुपमा अघि बढाउने सो अन्तर्राष्ट्रिय सम्मेलनको जोड छ ।

अनुसन्धानकर्ता डा.तिमिल्सिनाले सम्मेलनको सो निचोडलाई विश्वशान्ति कायम गराउने बौद्धिक सम्पतीको रूपमा अघि बढाइने लक्ष्य लिइएको बताए ।



प्रतिक्रिया दिनुहोस !