१८ आश्विन २०८१, शुक्रबार

दसैँमा जनकपुरको राजदेवी मन्दिरसहित शक्तिपीठहरूमा दर्शनार्थीहरूको भीड

प्रकाशित मिति :  4 October, 2024 10:54 pm


काठमाडाैँ ।हिन्दु धर्मावलम्बीहरूको पर्व दशैँको रमझम देशभर छ । दशैँको पहिलो दिन जनकपुरधामको राजदेवी मन्दिरसहित गाउँ गाउँका शक्ति पीठहरूमा घटस्थापना विधिवत सुरूवातसँगै दशैँको रमझम देखिएको छ ।

जनकपुरधामको प्रमुुख शक्तिपीठ राजदेवी मन्दिर, बौधी माई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर, रामानन्द चोकमा दशैँका लागि सिंगारिएका छन् । भक्तजनहरूको घुइचो यसपटक दशैँको पहिलो दिनदेखि नै बढेको छ । राजदेवी मन्दिर लगायतका मन्दिरहरुमा बिहानैदेखि भक्तजनहरू पूजा अराधनाका लागि पुग्ने गरेका छन् ।

जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरलाई दुलहीझैँ सिँगारीएको छ ।



प्रतिक्रिया दिनुहोस !