१९ आश्विन २०८१, शनिबार
प्रकोप अपडेट

बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २३९ पुग्यो

प्रकाशित मिति :  5 October, 2024 8:13 am


काठमाडौँ । गत असोज ११ र १२ गतेको अबिरल वर्षापछिको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या दुई सय ३९ पुगेको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारीले अझै १८ जना बेपत्ता र एक सय ७८ जना घाइते भएको जानकारी दिए।

प्रवक्ता तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ, भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !