२० आश्विन २०८१, आइतबार

इप्पान र क्यानेडियन ड्याम एसोसिएसनबिच प्राविधिक सहयोग सम्झौता

प्रकाशित मिति :  6 October, 2024 4:59 pm


काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र क्यानेडियन ड्याम एसोसिएसनबिच उर्जा क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

कार्यक्रमपछि सम्झौताबारे जानकारी दिँदै इप्पानका महासचिव बलराम खतिवडाले क्यानडामा धेरै ड्यामहरू बनेको र नेपालले पनि २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको भन्दै त्यसको लागि नेपालमा पनि ठूला ड्यामहरू बनाउन आवश्यक रहेकाले अनुभव लिनका लागि सम्झौता गरिएको बताए ।

उनले नेपालमा ठूला ड्यामहरु बनाउन क्यानडाको प्रविधि र तालिम आवश्यक हुने भन्दै क्यानडा ड्याम एसोसिएसनसँग सहयोगको सम्झौता गरिएको बताए ।

उनले भने,“क्यानडामा धेरै ड्यामहरू बनेका छन् । राम्रो राम्रो कन्सलटेण्टहरू र यसमा धेरै अनुभव भएको संस्था हो । नेपालमा पनि अब हामीले २८ हजार ५ सय मेगावाट जुन लक्ष्य लिएर सरकार अघि बढिरहँदा यहाँ पनि ठूलाठूला ड्यामहरूको निर्माण गर्नुपर्ने हुन्छ । त्यसको लागि प्रविधि हस्तान्तरण र यहाँको टे«निङ लगायतका कामहरूमा प्राविधिक रुपमा सपोर्ट गर्नेगरी यो कार्यक्रम हामीले आयोजना गरेको हो ।”

उनले जलविद्युतको क्षमता बिस्तारका लागि ठूला ड्यामहरूको आवश्यक पर्ने भन्दै नेपालले उनीहरूबाट धेरै अनुभव लिनसक्ने बताए ।



प्रतिक्रिया दिनुहोस !