२० आश्विन २०८१, आइतबार

विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ : ऊर्जा मन्त्री खड्का

प्रकाशित मिति :  6 October, 2024 5:28 pm


काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले छिमेकी मुलुक चीनसँग पनि विद्युत व्यापारको सम्बन्धमा कुरा गरिरहेको बताएका छन् ।

मन्त्रालयमा आज मन्त्री र सचिवबिच कार्यसम्पादन सम्झौताका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले बंगलादेशसँगको विद्युत व्यापार सम्झौता ठुलो उपलब्धि भएको उल्लेख गर्दै चीनसँग पनि विद्युत व्यापारका लागि कुरा गरिरहेको बताएका हुन् ।

उनले अन्य छिमेकी राष्ट्रहरूले आफैँ विद्युत उत्पादन गर्दा पनि नेपालसँग किन्ने गरेको भन्दै चीनसँग पनि सोही अनुरुप आग्रह गर्नुपर्ने बताए । चीनले विद्युत किन्ने कुरामा आफू आशावादी रहेको मन्त्री खड्काको भनाई थियो ।

उनले भने,“बंगलादेशसँगको सम्झौताले अत्यन्त ठूलो उपलब्धि भएको छ । हामीले चीनसँग पनि कुरा गरिराखेका छौँ । सबै छिमेकीहरूले किन्छन्, उहाँहरू आफैँले पनि उत्पादन गर्नुहुन्छ, फेरि पनि किन्नुहुन्छ । तपाईंहरूले थोरै किन्दा हामीलाई राहत हुन्छ भने तपाईंहरुले किन नकिन्दिने भनेर उहाँहरुसँग आग्रह गर्दा नहोला जस्तो मलाई लाग्दैन ।”

उनले आर्थिक कुरामा जोड दिएर जनताको जीवनस्तर उकास्नका लागि आफ्नो ध्यान केन्द्रित रहेको बताए ।

मन्त्री खड्काले निजी क्षेत्रले जलविद्युतमा गरेको लगानीपनि अन्तत ः राज्यकै हुने भन्दै निजी क्षेत्रलाई लगानी गर्न अवरोध गर्नु नहुने बताए ।

जलविद्युतको क्षेत्रमा तल्लो तहको मान्छे पनि धनि हुनेगरी मोडालिटी बनाउनुपर्ने मन्त्री खड्काको जोड थियो ।



प्रतिक्रिया दिनुहोस !