२१ आश्विन २०८१, सोमबार

प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाको सामाजिक पहलका लागि सहकार्य

प्रकाशित मिति :  7 October, 2024 8:04 am


काठमाडौँ। प्यारासुट एडभान्स्ड बेबीले काठमाडौं उपत्यकाका नवजात शिशुहरूको कल्याणमा सहयोगमा ख्याति कमाएको सामाजिक पहल एक एक पाइलासँग साझेदारी गरेको छ।

यस सहकार्य मार्फत् प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाले अत्याधिक खाँचोमा परेका कमजोर पृष्ठभूमीका शिशुहरूलाई आवश्यक शिशु स्याहार उत्पादनहरू उपलब्ध गराउने लक्ष्य राखिएको बताइएको छ।

सम्झौता अनुसार नेपालभरका विभिन्न संस्थाहरूमा नवजात शिशुका लागि पाउडर, साबुन र मसाज तेल सम्मिलित कुल एक हजार बेबी केयर किटहरू वितरण गरिनेछ।

“हरेक बच्चालाई स्वस्थ जीवनको सुरुवात गर्ने हक छ,” एक एक पाइलाका व्यवस्थापक, अशोक पाण्डेले भने, “प्यारासुट एडभान्स्ड बेबीसँगको यो पहल मार्फत् नै हामी नवजात शिशुहरूलाई आवश्यक केयर प्रदान गर्यौँ। यसले नेपालभर बाल स्वास्थ्य र कल्याणका क्षेत्रमा सुधार गर्ने हाम्रो प्रतिबद्धतालाई पनि सुदृढ गर्दैछ।”

विशेष गरी नवजात शिशुहरूका लागि डिजाइन गरिएको प्यारासुट एडभान्स्ड बेबीको नयाँ उत्पादन रेन्जमा नरिशिंग क्रीम, टिय–(फ्री स्याम्पु, मसाज तेल र रिफ्रेसिङ पाउडर रहेका छन्।

कम्पनीका उत्पादन भर्जिन नरिवलको तेलले भरिएकले बच्चाहरूको संवेदनशील छालाको लागि व्यापक स्याहार प्रदान गर्न तयार गरिएको जनाइएको छ।

नरिशिंग क्रीमले रातोपन र दागहरूबाट जोगाउन चौबिसै घण्टा मोइस्चराइजेसन प्रदान गर्छ, टियर-फ्री श्याम्पूले कपाल बिस्तारै कपाल सफा र कण्डिसन गर्छ, भिटामिन ई र एफले समृद्ध मसाज तेलले शरीरको स्वस्थ वृद्धि विकासलाई बढावा दिन्छ र रिफ्रेशिंग पाउडरले जलन–मुक्त आरामका लागि अतिरिक्त मोइस्चर अवशोषित गर्ने कम्पनीले जनाएको छ।

सम्झौता बारे जानकारी दिन जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “एक एक पाइलासँगको मोर्चामा सामेल भएर मारिकोले नेपालका असंख्य शिशुहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको छ। सँगै, हामी एउटा यस्तो भविष्यको परिकल्पना गर्दैछौँ जहाँ हरेक बच्चाले स्वस्थ र खुसी जीवनको सुरुवात गर्नेछ।



प्रतिक्रिया दिनुहोस !