२१ आश्विन २०८१, सोमबार

बाढी पहिरोका कारण कृषि क्षेत्र संकटमा : कृषि मन्त्री अधिकारी

प्रकाशित मिति :  7 October, 2024 3:10 pm


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बाढी पहिरोका कारण कृषि क्षेत्र सबैभन्दा बढी संकटमा परेको बताएका छन् ।

सोमबार कृषि विभागमा भएको ४४ औँ विश्व खाद्य दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले सरकारले ४३ ओटा जिल्लालाई प्राकृतिक संकट घोषणा गरेको र यी जिल्लामा सबै भन्दा बढी कृषि क्षेत्र समस्यामा परेको बताएका हुन् ।

बाढी पहिरोले पु¥याएको क्षतिको विवरणलाई मन्त्रिपरिषद्मा लैजाने र किसानको समस्यालाई चाँडै सम्बोधन गर्ने उनले बताए । तयारी रहेको मन्त्री अधिकारीले बताएका छन् । कुल जनसंख्याको ६५ प्रतिशत कृषिमा आबद्ध भएपनि खाद्यन्न परिपूर्ति गर्न आयात गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

बाढी पहिरोका कारण करिब ६ अर्ब रुपैयाँ बराबर कृषि उपजमा क्षति पुगेको मन्त्री अधिकारीले बताए ।



प्रतिक्रिया दिनुहोस !