२२ आश्विन २०८१, मंगलबार

आजको मौसम : मनसुनी र पश्चिमी वायुको प्रभाव कायमै, यस्तो रहनेछ देशभरको मौसम

प्रकाशित मिति :  8 October, 2024 6:41 am


काठमाडौँ । मनुनी र पश्चिमी वायुको प्रभाव कायमै रहँदा देशको विभिन्न स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

अहिले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । साथै कोशी प्रदेश र बागमती प्रदेशका एकाध स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, मधेश, बागमती, गण्डकीका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !