२२ आश्विन २०८१, मंगलबार

समृद्ध विश्व, सुखी मानव जातितर्फको यात्रामा अग्रसर हुनुपर्छ-प्रधानमन्त्री ओली

प्रकाशित मिति :  8 October, 2024 3:54 pm


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध विश्व, सुखी मानव जातितर्फको यात्रामा अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । प्रा. डा. तत्व तिम्सिनाद्वारा लिखित ‘समृद्धिको अन्तर्वस्तु’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले सुख प्राप्ति मानिसको आकांक्षा हुने भएकाले गरिबीको अन्त्य गरी ‘समृद्ध विश्व, सुखी मानव जाति’ तर्फको यात्रामा अग्रसर हुनुपर्नेमा जोड दिए ।

कसैलाई पछाडि नपारिने संयुक्त राष्ट्रसंघको सङ्कल्पबमोजिम मानिसले अपमानित नभई सम्मानित, सभ्य र शान्त जीवन बाँच्न पाउनुपर्ने प्रधानमन्त्री ओलीले बताए। प्रधानमन्त्री ओलीले समृद्धिका कुरा गर्दा वातावरण संरक्षणका कुरामा ध्यान दिनुपर्ने बताए।

पुस्तकका लेखक त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. तिम्सिनाले प्रधानमन्त्री ओलीद्वारा अघि सारिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षाको आलोकमा खुसी र सुखको वैज्ञानिक विश्लेषण पुस्तकमा गरिएको जानकारी दिए । समृद्धि अध्ययन तथा अनुसन्धान केन्द्रद्वारा प्रकाशित पुस्तकमा समृद्धिलाई मन, मस्तिष्क र मनस्थितिका आधारमा विविध सामाजिक र आर्थिक पक्षको लेखाजोखा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !