२२ आश्विन २०८१, मंगलबार

मन्त्रिपरिषद् बैठक : सुधार सुझाव आयोग गठन गर्ने निर्णय

प्रकाशित मिति :  8 October, 2024 4:49 pm


काठमाडौँ । नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले आर्थिक सुधार सुझाव आयोग गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारका लागि रायसहितको प्रतिवेदन पेस गर्न पूर्वसचिव रामेश्वरप्रसाद खनालको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने निर्णय प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनु भयो ।

मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत विभिन्न आयोजना र निकायका लागि कुल २६६ राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्री गुरुङले २०८१ कार्तिक १ देखि ३ गतेसम्म रसियामा आयोजना हुने २२ औं इन्टरनेशनल स्पोर्टस् फोरममा सहभागी हुन माननीय युवा तथा खेलकुद मन्त्रीलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको जानकारी गराए ।

त्यस्तै, बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेका हिमालहरुको आरोहणका लागि थप ५७ वटा हिमाल खुला गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !