२२ आश्विन २०८१, मंगलबार

गोदावरी नगरपालिकाका बाढीपहिरो पीडितलाई एनसेल फाउन्डेसनद्वारा राहत वितरण

प्रकाशित मिति :  8 October, 2024 6:40 pm


काठमाडौं । गत असोज ११ र १२ गते देशभर परेको वर्षाले निम्त्याएको बाढीपहिरोको विनाशपछि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका पीडित परिवारहरूलाई राहत प्याकेज वितरण गरेर सहयोग गरेको छ ।

एनसेल फाउन्डेसनले असोज २१ सोमबार गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्याएका पाँच वटा वडाहरू (वडा नं. ४, ७, ८, १० र १३)का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको छ ।

राहत सामग्री वितरण कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले विपद्को यो कठिन घडीमा एनसेल फाउन्डेसनबाट नगरपालिकाका विभिन्न वडाका पीडिहहरुलाई आएको राहतका लागि एनसेलप्रति आभारी प्रकट गरे । राहत सामग्रीमा खाद्यान्न, भान्सामा प्रयोग हुने भाडाकुडाहरु, हाईजिन किट, ब्याल्ङ्केट र म्याटलगायतका सामानहरु रहेका छन् ।

एनसेलकी कर्पोरेट कम्यूनिकेसन्स एण्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले संकटको समयमा समुदायलाई साथ दिनु हाम्रो कर्तव्य भएकाे बताएन्। सबै एक ठूलो परिवारको रूपमा जाेडिएकाले कर्तव्यका रूपमा सहयाेग गरेकाे उनकाे भनाइ थियाे ।

“एनसेल फाउन्डेसनले विभिन्न सामाजिक कार्यहरु गर्दै ग्रासरुट लेभलमा आवश्यक सहयोग पु¥याउँदै आएको छ र भविष्यमा पनि आपत विपद्मा सहयोग पु¥याउन तत्पर छौं,” उनले थपिन, “सरकारका सम्बन्धित निकाय र साझेदारहरूसँग सहकार्य गर्दै हामी राहत वितरणका साथै विपद् प्रतिकार्यमा अन्य के गर्न सकिन्छ भनेर काम गरिरहेका छौं ।”

गोदावरी नगरपालिका र कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा एनसेलका कर्मचारीहरूले प्रभावित वडाहरुमा पुगेर पीडित परिवारका उपस्थित सदस्यहरुलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !