२२ आश्विन २०८१, मंगलबार

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा साढे २ करोड रकम हस्तान्तरण

प्रकाशित मिति :  8 October, 2024 6:31 pm


काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम हस्तान्तरण गरिएको छ । कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले प्रधानमन्त्री ओलीलाई राहत कोषका लागि सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

कोषका प्रमुख प्रशासक जितेन्द्र धितालसहित सञ्चालक सदस्यले प्रधानमन्त्री निवास बालुवाटारमा रु. दुई करोडको चेक हस्तान्तरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसैगरी प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुवँरले रु. पाँच लाख ५५ हजार पाँच सय ५५ को चेक हस्तान्तरण गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस !