२३ आश्विन २०८१, बुधबार

यस्तो रहनेछ बिहीवारको मौसम

प्रकाशित मिति :  9 October, 2024 8:45 am


काठमाडौँ। हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । बिहीवार बिहानीपख कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसम प्रतिकूलता हुने क्षेत्रमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सजगता अपनाउन अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !