२३ आश्विन २०८१, बुधबार

काठमाडौं महानगरले भृकुटीमण्डपमा खेदाएपछि तिनवटा खसी हराएको व्यापारीकाे आरोप

प्रकाशित मिति :  9 October, 2024 2:14 pm


काठमाडाैं । दशैँको बेलामा गाउँबाट काठमाडौं उपत्यकामा खसी बिक्री गर्न आएका व्यापारीहरुले काठमाडौं महानगरपालिकाको अकर्मण्यताका कारण खसी हराएको आरोप लगाएका छन् ।

बुधवार बिहान काभ्रेपलाञ्चोकबाट काठमाडौंको भृकुटीमण्डपमा खसी बेच्न आएका व्यापारीहरुले महानगरका कर्मचारीहरु आएर बाँधेका खसी खोलेर छोडिदिएपछि तिनवटा खसी हराएको गुनासो गरेका छन् ।

काभ्रेबाट खसी विक्री गर्न आएका व्यापारी कालबहादुर साहले बिहान खसी ल्याएर बाँधेको र महानगरका कर्मचारी आएर यहाँ नराख भन्दै बाँधेका खसीहरु फुकाएर केही पर लगेर छोडिदिएपछि खसीहरु हराएको गुनासो गरे । उनले विपद्को बेलामा दिनरात नभनि हिँडेर ल्याएका खसीहरु हराउँदा दशैँ नै खल्लो भएको बताए।

“यहाँ खसी बाँधेका थियौँ, बाँधेपछि लल गइहाल, लैजाओ भने,” हामीले लगेनौँ, “उनले भने, उनीहरुले आएर सबै डोरी फुत्काएर छाेडीदिएपछि तीनवटा खसी हराए ।”

अर्का खसी व्यापारी काभ्रेपलाञ्चोककै कृष्णप्रसाद पाण्डेले गत सालको भन्दा यस वर्ष सस्तोमा खसी बेचिरहेको बताए । उनले गाउँमा अहिले खसी महंगो रहेको तर शहरमा सस्तो रहेको बताउछन् । उनले सडक अवरुद्ध हुँदा ल्याउन गाह्रो सँगै भाडा पनि दाेब्बर पर्याे। उनले अहिले जिउँदो खसीको प्रतिकिलो ६५०/६६० मा बेच्दा पनि नबिकेको गुनासो गरे ।

दशैँ अगाडिको मनसुनजन्य विपत्तिका कारण यस वर्षको दशैँ उल्लासमय बन्न सकिरहेको छैन । विपद्का कारण सडक आवागमन कतिपय स्थानहरुमा अवरुद्ध हुँदा दशैँका लागि काठमाडौं भित्रिने खसी, बोका, च्याङ्ग्राहरु कम आएको बताइरहेको बेलामा काठमाडौंमा आएका खसीबोका पनि बिक्री नभएको व्यपारीहरुको गुनासो छ । —न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !