२३ आश्विन २०८१, बुधबार

कामना सेवा विकास बैंक र बुद्ध एयरबीच सम्झौता: बैंकका ग्राहकले बुद्ध एयरकाे टिकटमा विशेष छुट पाउने

प्रकाशित मिति :  9 October, 2024 2:39 pm


काठमाडाैं । कामना सेवा विकास बैंक र बुद्ध एयरबीच सम्झौता भएकाे छ । सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरकाे टिकट खरिदमा ८ प्रतिशत छुट पाउने भएका छन् ।

बैंकका ग्राहकहरु तथा ग्राहकका परिवार सदस्यहरुले बुद्ध एयरको काउन्टरबाट यो छुट पाउने बैंकले जनाएकाे छ ।

साथै, सम्पूर्ण आन्तरिक बिमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरबाट टिकट लिएपश्चात् बैंकको मोबाईल बैंकिङ मार्फत क्युआर कोर्ड स्क्यान गरी भुक्तानी गर्दा वा बैंकको डेबिट तथा क्रेडिट कार्डका प्रयोगकर्ता तथा ग्राहकका परिवार सदस्यहरुले ८ प्रतिशतको छुट पाउने भएका हुन्।

उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट नायब महाप्रबन्धक हरि प्रसाद लम्साल र बुद्ध एयरका मार्केटिङ्ग सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !