२४ आश्विन २०८१, बिहिबार
सुशासनको राम्राे उदाहरण

दसैँ विदामा लुम्बिनीका मुख्यमन्त्रीले सरकारी गाडीको प्रयोग नगर्ने

प्रकाशित मिति :  10 October, 2024 5:39 pm


अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दसैँ विदाभर सरकारी सवारीसाधन प्रयोग नगर्ने भएका छन् । गृह जिल्ला अर्घाखाँची पुगेका आचार्यले दसैँ विदाभर सरकारी सवारी साधन प्रयोग नगर्ने भएको हुन् ।

निजी सवारीसाधन प्रयोग गरेर मुख्यमन्त्रीले जिल्ला तहका भेटघाटमा पुग्न थालेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । मुख्यमन्त्री सवार बा १ झ ७८९० नम्बरको गाडी नचढेर मुख्यमन्त्री आचार्य बा १६ च ३८४३ नम्बरको निजी सवारीसाधन प्रयोग थालेका छन् ।

यस्तै मुख्यमन्त्री आचार्यले सुरक्षामा प्रयोग हुने सरकारी लु १ झ ४९८ नम्बरको गाडी दसैँ विदाभरका लागि फिर्ता गरेका छन् । स्कटिङ्गमा प्रयोग हुँदै आएको सरकारी गाडी दाङमा फिर्ता पठाइएको छ, भने मुख्यमन्त्री चढ्ने सरकारी गाडी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखिएको छ । सुशासन कायम गर्न मुख्यमन्त्रीले दसैँ विदामा सरकारी गाडी नचढ्ने निर्णयले जनस्तरमा राम्रो सन्देश सन्देश गएको छ ।



प्रतिक्रिया दिनुहोस !