२५ आश्विन २०८१, शुक्रबार

माैसम अपडेट : देशका अधिकांश भूभागको मौसम सफा रहने

प्रकाशित मिति :  11 October, 2024 7:01 am


काठमाडौँ । आज देशका अधिकांश भूभागकाे माैसम सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । कोशीलगायत मधेश प्रदेशका अधिकांश भूभाग र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहे तापिन देशका बाँकी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशीलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति कोशीलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज सूर्योदय बिहान ६ बजेर २ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ३९ मिनेटमा हुनेछ ।



प्रतिक्रिया दिनुहोस !