२५ आश्विन २०८१, शुक्रबार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति :  11 October, 2024 9:27 am


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैँसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैँसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ५९ पैँसा र बिक्रीदर एक सय ४७ रुपैयाँ २४ पैँसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३७ पैँसा र बिक्रीदर एक सय ७६ रुपैयाँ १६ पैँसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ९३ पैँसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ६३ पैँसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०७ पैँसा र बिक्रीदर ९० रुपैयाँ ४७ पैँसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५१ पैँसा र बिक्रीदर ७९ रुपैयाँ ९५ पैँसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४७ पैँसा र बिक्रीदर एक सय दुई रुपैयाँ ९३ पैँसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ ४ पैँसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैँसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैँसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैँसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैँसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैँसा कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस !