२५ आश्विन २०८१, शुक्रबार

सुनसान काठमाडौँ : दसैँका लागि उपत्यकाबाट तेह्र लाख मानिस बाहिरए

प्रकाशित मिति :  11 October, 2024 2:33 pm


काठमाडौँ । हरेक वर्ष झैं यसवर्ष पनि दसैँको समयमा काठमाडौँ सुनसान बनेको छ । दसैँ मनाउन मानिसहरु जिल्ला फर्किएसँगै काठमाडौँ सुनसार बनेको हो ।

एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त संख्या आजसम्मको हो । १८ लाख मानिस दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढी पहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले जानकारी दिए ।

‘‘हामीले यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौं’’, उनले भने, ‘‘तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन् ।’’ अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए ।



प्रतिक्रिया दिनुहोस !