२६ आश्विन २०८१, शनिबार

आज विजया दशमीः टीकाको शुभ साइत बिहान ११ः३६ वजे

प्रकाशित मिति :  12 October, 2024 6:57 am


दाङ । बडादशैँको सबैभन्दा महत्वपूर्ण दिन आज मान्यजनकाे हातबाट टिका आशीर्वाद लिँदै विजया दशमी मनाइदै छ। गत असोज १७ गते बिहीबार घटस्थापनाको दिनदेखि प्रारम्भ भएको यो वर्षको बडादसैँ आजको दिन उत्कृर्षमा पुग्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएअनुसार घटस्थापनाका दिनदेखि पूजा आराधना गरिएकी देवीलाई आज विजया दशमीको दिन बिहान ८ः३३ बजे विसर्जन गरिँदैछ ।

आज विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान ११ः३६ बजेको साइत शुभ रहेको छ । आज टीका लगाइमाग्ने मानिस पूर्व मोहडा (पूर्व फर्किने) पारेर बस्नु पर्नेछ । आजदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ । त्यसो त पञ्चाङ्ग निर्णायक समितिले सामान्यतया देवीको प्रसाद लगाउन साइतको आवश्यकता नपर्नेसमेत जनाएको छ ।

आज बिहान ११ः५७ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान १२ः५६ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि आजकै दिन गरिने छ । त्यस्तै, असोज ३० गते बुधबार अखिल बली पूर्ति गरिन्छ भने सोही दिन कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।



प्रतिक्रिया दिनुहोस !