२६ आश्विन २०८१, शनिबार

प्रधानमन्त्रीले पिताको हातबाट बालुवाटारमा लगाए दसैँको टीका

प्रकाशित मिति :  12 October, 2024 12:58 pm


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दसैँको टीका लगाएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुभसाइतमै ओलीले पिताको हातबाट टीका र जमरा लगाएको ओलीको निजी सचिवालयले जानकारी दिएको छ।

पिताको हातबाट टीका लगाउनु अघि प्रधानमन्त्री ओलीले पुरोहितको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गरेका थिए । आफूले टीका लगाएपछि प्रधानमन्त्री ओलीले श्रीमती तथा आफन्तजनलाई टीका लगाइदिएका छन् ।



प्रतिक्रिया दिनुहोस !