३ कार्तिक २०८१, शनिबार

मापदण्ड विपरीत घर बनाएर छिमेकीलाई १७ महिनादेखि दुःख दिएको आरोप

प्रकाशित मिति :  19 October, 2024 2:16 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १७ कलधारा धाेबीचाैरका मोहनकृष्ण श्रेष्ठले मापदण्ड विपरीत घर बनाएर टोलबासीलाई विगत १७ महिनादेखि दुख दिइरहेको छिमेकीले आरोप लगाएका छन् ।

महानगर र वडा कार्यालयलाई समेत अटेर गरी घर बनाउने तयारी गर्दा उनको घर १७ महिनादेखि बन्न सकेकेको छैन ।

महानगरको घर बनाउने मापदण्ड पालना नगरी घर बनाउन लाग्दा टोलबासीले वडा कार्यालयमा मादण्ड विपरीत घर बनेको भन्दै उजुरी दिएका थिए ।

सोही विषयमा वडाध्यक्ष, महानगरको न्यायिक समिति, महानगर प्रमुखको सचिवालयले समेत सुधार गर्न निर्देशन दिँदा समेत श्रेष्ठले यसको पालना नगरेको छिमेकीले आरोप लगाएका छन् ।

सुरुमा टोलबासीलाई शङ्का लागेर सोध्दा श्रेष्ठले आफ्नो घर जसरी पनि बनाउन पाउने भन्दै जवाफ फर्काएका थिए । त्यसपछि वडा कार्यालयमा घर मापदण्ड अनुसार बनेको छ कि छैन ? भनेर टोलबासीहरू ले निवेदन दिए ।

मापदण्ड विपरीत घर बनेको थाहा भयो ।

नयाँ मापदण्ड अनुसार ‘कोर एरिया’मा २० प्रतिशत छोडे खाली राख्नुपर्ने नियम छ । त्यसमा ढोका राख्न पनि पाउने झ्याल राख्न पनि पाउने तर बाहिर खोल्न नपाउने त्यो सार्ने खालको ढोका त्यस्तो नियम छ । त्यो नियम बुझेर टोलबासीहरू फर्किए ।

श्रेष्ठले पछि काम गर्दै जाँदा फेरी सबैतिर पेलेर पहिलो तला ढलान गर्ने गरी पुरैै जग्गा लिए । घरको चारैतिर जग्गा नछोडी उनले फेरी ढलान गर्ने तयारी गरे । त्यसपछि फेरी छिमेकीहरू लाई शङ्का लागेर फेरी वडा कार्यालयमा गए ।

वडा अध्यक्ष नविन मानन्धरले वडा कार्यालयमा निवेदन लेखेर दिनको लागि भने । त्यसपछि नक्सा अनुसार घर नबनेकोले छानबिन गरी पाउँ भनि टोलबासीहरू ले उजुरी दिए ।

मानन्धरले पहिला महानगरपालिकाको कार्यालयमा निवेदन लैजानको लागि भने पनि पछि फेरी मानन्धरका सुरक्षा गार्डलाई फिल्ड हेर्नको लागि आग्रह गरे ।

मानन्धरका गार्डले १७ नम्बर वडाको क्षेत्रपाटीमा रहेको ढलान गर्न ठिक परेका श्रेष्ठलाई काम रोक्नको लागि चिठ्ठी दिए । वडाको चिठ्ठी पाएपछि श्रेष्ठले काम रोके ।

वडाको चिठ्ठी पाएपछि केही समय काम रोकेपनि त्यसपछि थप केही छलफल नगरी घरको ढलान गर्ने तयारी गरे । छिमेकीहरूले ढलान गर्न ठिक परेको भएर फेरी प्रहरी र वडाध्यक्षलाई फोन गरेर बोलाए ।

नबिन मानन्धरले घरको नक्सा लिएर वडा कार्यालयमा आउन श्रेष्ठलाई निर्देशन दिए । त्यस समय घरधनी वडा कार्यालय गएनन् तर सबै टोलबासीहरू भने वडा कार्यालय भेला भएका थिए । यो घटना १६ महिना पहिलाको हो ।

घर निर्माण नक्सा र नियम अनुसार नभएको भन्दै वडा कार्यालयमा टुङ्गो नलागेपनि वडाले महानगरको न्यायिक समितिमा जानको लागि आग्रह ग¥यो । महानगरको न्यायिक समितिमा ७ महिनापछि ८० प्रतिशतभित्रै नक्सा संशोधन गर्न मिल्ने भनेर एउटा व्यहोरा हाल्न मिल्ने तर ८० प्रतिशत भित्रै निर्माण गर्नुपर्ने भनेर सहमति भयो ।

घरधनीले नक्सा संशोधन गर्नेे र काम गर्ने बेलामा देखाउने भनेर घरधनीले मौखिकरुपमा कुरा राखे । केही संशोधन नगरी घरधनीले केही दिनपछि फेरी त्यहि घरमा ढलान गर्ने तयारी गरे ।

नक्सा संशोधन गरे तर घर बनाउने प्रकृया भने पुरानै यथावत राखे । त्यतिकै काम अगाडी बढाएपछि फेरी पुलिस र वडाध्यक्षलाई टोल बासीहरूले बोलाए । त्यसपछि मेरो जग्गा मेरो खुशी हुने हामीले बनाउन नपाउने भन्दै झगडा गर्न लागे । वडाध्यक्षले फेरी कार्यालय खुलेपछि वडामा आउनको लागि दुई पक्षलाई नै आग्रह गरे ।

वडा कार्यालयमा सबै टोलबासीहरू गए । वडाध्यक्षले टोलबासीहरू लाई नक्सा लिएर जान र चित्त नबुझेको के हो वडा कार्यालयमा बताउन अनुरोध गरे ।

नक्साको बारेमा छिमेकीहरू ले बुझ्न लागे । नक्सामा अण्डर ग्राउण्ड नभएको तर घर बनाउँदा अण्डर ग्राउण्ड बनाएको, बिमभन्दा २ फिटबढी टप निकालेर कोठा निकाल्ने तयारी गरेको, पहिलो नक्सामा टोइलेट बाथरुम पनि नभएको नक्सा रहेको देखिएको छिमेकीहरू बताउँछन् ।

घरको नक्सा महानगरपालिकाकी शोभा रिसालले स्वीकृत गरेको एक टोल बासीले बताए ।

यो विषय नटुङ्गीएपछि टोलबासीहरू ले बालेनको सचिवालयमा मेलमार्फत जानकारी गराए ।

यस विषयमा मेयर बालेन शाहको सचिवालयका सन्तोष पाण्डेले स्वयम् जानकारी लिएका थिए । त्यसपछि बालेनको सचिवालयको टिम र वडा इन्जिनियरको टिम सहित आएर निरीक्षण गरेपछि त्यो काम रोकियो ।

वडाध्यक्ष र सन्तोष पाण्डे घर निर्माण भइरहेको ठाउँमा आए र टोलबासी पनि भेला भए । ४ ओटा सुधार गर्नको लागि इन्जिनियरको टिमले सुझाव दियो । सुधार नगरी काम गर्न नमिल्ने भनेर त्यो टोली हिँड्यो । इन्जिनियरको टोलीले सुधार गर्न सुझाव दिएपनि श्रेष्ठले सुधार गरेनन् ।

श्रेष्ठले इन्जिनियरले दिएको सुझाव पालना गरेको देखाउन बाठो चाल चाले ।

महानगरले भनेजसरी सुधार गरेको भनेर उनले फोटो खिचेर महानगरमा बुझाए तर उनले फोटो खिच्नको लागि मात्र केही सुधार गरेको जस्तो देखाएको टोलबासीको आरोप छ ।

फोटो देखाएर निर्माणको काम सुरु गर्न महानगरबाट चिठ्ठी लिएर आए । केही सुधार नगरी निर्माण कार्य सुरु भएको भन्दै टोलबासी फेरी वडा कार्यालयमा गयो ।

श्रेष्ठलाई सुधार गरेर मात्र काम अगाडी बढाउनको लागि सन्तोष र वडाध्यक्ष मानन्धरले निर्देशन दिए । त्यसपछि ५ फिटको टप काटेर डेढ फिटमा झारे । अन्य पनि केही स्ुधार गरे । यस विषयलाई लिएर पछिसम्म पनि लफडा नहोस् भनेर सन्तोष, वडा, टोलबासी र घरधनी बसेर यो कुरालाई अन्तिमरुप दिनको टोलबासीले आग्रह गरे ।

घरधनी श्रेष्ठले साढे २ फिटभन्दा बढी टप निकाल्न नपाउने भने पनि नक्सामा ५ फिट बनाएर ल्याएका थिए । वडाध्यक्षले घर धनीको सर्पोट लिँदै नक्सा बनाएर ल्याइसकेकोले त्यहि अनुसार बनाउँदा ह्ुने जस्तो कुरा गरेको टोलबासीको दाबी छ ।

श्रेष्ठले दोस्रो तला ढलान गर्ने तयारी गरिहेका छन् । टोलबासीले मापदण्ड विपरीत भनेपनि वडाध्यक्ष मानन्धर भने नक्सा बमोजिम नै घर बनाएको र दुई पक्षबिच सहमति पनि भएको बताउँछन् ।

अहिले ९० प्रतिशत काम भइसककेकाले वडाध्यक्षले केही नमिलाएको टोलबासी बताउँछन् । सन्तोषले मापदण्ड विपरीत संरचना बनाएको अवस्थामा भत्काइदिने भनेका थिए तर त्यसलाई वडाध्यक्षले रोकेको टोलबासीको आरोप छ ।

यस विषयमा मोहनकृष्ण श्रेष्ठका छोरा श्रीकृष्ण श्रेष्ठले यो कुरा ‘सेटल’ भइसकेको बताए । उनले यो कुरा सेटल भइसकेको भन्दै थप कुरा बोल्न चाहेनन् ।

वडा नम्बर १७ का वडाध्यक्ष नबिन मानन्धर घर नक्सा बमोजिम नै बनेको दाबी गर्छन् । “नक्सा विपरित छ भने मुद्दा हाल्दा रोकिन्छ । घरनक्सा बमोजिम नै बनाएर ल्याएको हो । उसले २० प्रतिशत भित्र छोडेको हो । घर बनाउँदा २० प्रतिशत छोडन् उसले एउटा कोठा छोडेको छ । एकातिर टप निकालेको थियो । छिमेकीहरू ले त्यो टप ननिकाल्नको लागि भनेको हो । हामी पनि स्थलगत निरीक्षणमा जाँदा पहिलो तलामा टप निकाल्दा भोली बाटो ठुलो भयो भने त्यो ठाउँमा बाटो बढाउन नसक्ने भएकोले गर्दा पहिलो तलामा टप ननिकाल्नु भनेर हामी गयौं,” उनले ।

वडाअध्यक्ष मानन्धरले थप भने “ उनले मानिरहेका थिएनन् । अब उसले टप काटेर घर बनाएको छ । दोस्रो तलाबाट निकाल्न पाइयो । हामीले पहिलो तलामा मात्र बनाउन नदिएको हो । पहिला ५ फिट थियो पछि काटेर १८ इन्च बनाएर ढलान गरिसकेको छ । दुइ जनाकै सहमतीमा नक्सा अनुसार बनाउनेमा मेरो सहमती छ भनेर दुईजनाले कागज गरिसकेपछि नियम अनुसार भएन भनेपछि हामी यो फुटाल्छौं भनेर निवदेन दिएको छ त्यसपछि सहमती भयो त्यसपछि बनेको छ ।”



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु