२९ आश्विन २०८१, मंगलबार

मान्यजनबाट दसैँकाे टीका लगाउने क्रम आज पनि जारी

प्रकाशित मिति :  15 October, 2024 8:12 am


काठमाडौँ । दसैँको टीका र जमरा लाउने क्रम आज पनि जारी छ । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम निरन्तर छ । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् ।

आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको काठमाण्डौमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । बडादशैँको सार्वजनिक बिदा हिजो सकिएर आजदेखि सरकारी कार्यालय खुल्ने भए पनि टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमासम्म निरन्तर चलिरहन्छ ।

यस वर्ष कात्तिक १ गते पर्सि बिहीवार कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग० मा उल्लेख छ । कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ ।



प्रतिक्रिया दिनुहोस !