२९ आश्विन २०८१, मंगलबार

दसैँ बिदा बन्द सरकारी कार्यालय आजबाट खुल्ने

प्रकाशित मिति :  15 October, 2024 8:16 am


काठमाडौँ । आजदेखि सरकारी कार्यालय खुल्ने भएका छन्। बडादसैँको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुल्न लागेका हुन्।

सरकारले दसैँ मनाउन ५ दिन बिदा दिएको थियो। आजबाट कार्यालय खुल्ने भएपछि सोमबारबाट दसैँको अन्य दिनको तुलनामा उपत्यकामा सवारी आवागमन बढेका छन्। दसैँको टीका लगाउने सर्वसाधारणको आवतजावतका साथै उपत्यका बाहिर गएका सर्वसाधारणहरू समेत उपत्यका फर्कन थालेपछि उपत्यकामा सवारी आवागमन बढेको हो।

यस वर्षको दसैँमा झण्डै १३ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिएका थिए। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमासम्म जारी रहन्छ।



प्रतिक्रिया दिनुहोस !