२९ आश्विन २०८१, मंगलबार

स्याङ्जामा जबर्जस्ती करणीको आरोपमा एक पक्राउ

प्रकाशित मिति :  15 October, 2024 11:09 am


काठमाडौँ । बौद्धिक अपाङ्गता भएकी ३० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले स्याङ्जामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनास गाउँपालिका वडा नम्बर ४ निवासी टुक बहादुर थापा रहेका छ्न्।

घटनामा संलग्न अभियुक्त ४५ वर्षीय थापाले राम्रोसँग बोल्न पनि नसक्ने परिवर्तित नाम “०८१र८२ आधीखोला ८१” लाई ललाई फकाई जंगलमा लगी डर , त्रासमा पारी जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार असोज २५ गते साँझ ५ बजे भएको घटनामा संलग्न अभियुक्त ४५ वर्षीय टुक बहादुर थापालाई सोही दिन प्रहरीले पक्राउ गरेको थियो। अभियुक्त थापालाई प्रहरी हिरासतमा राखेर घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक हरि प्रसाद पौडेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !