२९ आश्विन २०८१, मंगलबार

एकैदिन १४ सय रुपैयाँ बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

प्रकाशित मिति :  15 October, 2024 12:29 pm


काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य १४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि असोज २३ गते सुनको मूल्य तोलामा १ लाख ५९ हजार १०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेर एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !