२९ आश्विन २०८१, मंगलबार

६ महिनामा ७ लाख ४० हजार अफगान शरणार्थी स्वदेश फर्किए

प्रकाशित मिति :  15 October, 2024 1:11 pm



काठमाडाैँ । शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीले विगत ६ महिनामा करिव ७ लाख ४० हजार अफगान शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका बताएका छन् ।

अफगानिस्तानको सरकारी रेडियो र टेलिभिजनले गत ६ महिनामा छिमेकी देशहरूबाट झन्डै ७ लाख ४० हजार अफगान शरणार्थीहरू घर फर्किएका बताएका हुन् ।

करिव ६ लाख ५० हजार शरणार्थीहरू इरानबाट फर्केका छन् ।  ८० हजार पाकिस्तानबाट र बाँकी १० हजार टर्किएबाट घर फर्केका छन् । गत वर्ष झन्डै २० लाख अफगान शरणार्थी स्वदेश फर्किएका छन् । करिव ७० लाख अफगान शरणार्थीहरू अझै पनि विदेशमा छन् । जसमध्ये अधिकांश छिमेकी पाकिस्तान र इरानमा छन् । 



प्रतिक्रिया दिनुहोस !