२९ आश्विन २०८१, मंगलबार

झापामा पतिको हातबाट पत्नीको हत्या, ४६ वर्षीय बीर बहादुर पक्राउ

प्रकाशित मिति :  15 October, 2024 3:52 pm


काठमाडाैँ । झापामा आफ्नै श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ३७ वर्षीया मुना चौहानको हत्या गरेको अभियोगमा अर्जुनधारा नगरपालिका वडा नम्बर ३ जुङ्घेघारी बस्ने ४६ वर्षीय बीर बहादुर चौहान पक्राउ परेका छन्।

बीरबहादुर मुनाका श्रीमान् हुन्। बिर बहादुरले अर्जुनधारा नगरपालिका वडा नम्बर ३ दार्जिलङ डाँडामा धारिलो हतियार प्रहार गरी मुनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी खुदुनाबारी र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरिसकेको छ।



प्रतिक्रिया दिनुहोस !