९ कार्तिक २०८१, शुक्रबार

बुधवारको पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

प्रकाशित मिति :  16 October, 2024 7:03 am


एआइले बनाएकाे समाचार प्रतिनिधि तस्बिर ।

काठमाडौँ। हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ।

बुधवार बिहानीपख देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा सातै प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले छ ।

मौसम विश्लेषणमा हल्का वर्षा भनेको सून्य देखि १० मिलिमिटरसम्म वर्षा हुने र मध्यम वर्षा भनेको १० देखि ५० मिलिमिटरसम्म वर्षा हुने अवस्थालाई बुझिन्छ । ५० भन्दा बढी वर्षा १०० मिलिमिटरसम्म पर्नुलाई भारी वर्षा भनिन्छ ।

वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमानको पूर्ण जानकारीका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ।



प्रतिक्रिया दिनुहोस !