२ कार्तिक २०८१, शुक्रबार

शो नदिएपछि निश्चल बस्नेतले निकाले हलबाट ‘बेहुली फ्रम मेघौली’

प्रकाशित मिति :  16 October, 2024 2:11 pm


काठमाडौँ । घटस्थापनाको दिनबाट सार्वजनिक भएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ हलहरूले शो नदिएपछि फिल्म अब देशभरका हलबाट निकालिने भएको छ ।

भोलि (बिहीबार) देखि हलबाट निकाल्ने निर्माता निश्चल बस्नेतले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । फिल्मलाई दर्शकको साथ रहे पनि विदेशी फिल्मलाई प्राथमिकता दिइएको भन्दै निश्चलले विकल्प खोज्ने जानकारी यसअघि नै दिएका थिए ।

उनले एमएसएम भिडियो एपमा भेट्ने बताएका छन् । सो एप अमेरिका, जापान, क्यानडा र सिंगापुरमा भने उपलब्ध हुने छैन ।



प्रतिक्रिया दिनुहोस !