२ कार्तिक २०८१, शुक्रबार

सेप्टेम्बरमा भारतको खुद्रा मुद्रास्फीति बढ्यो

प्रकाशित मिति :  16 October, 2024 1:41 pm


नयाँदिल्ली । भारतको खुद्रा मुद्रास्फीति सेप्टेम्बरमा बढेर ९ महिनाकै उच्च ५.४९ पुगेको छ ।

संघीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालय (एमओएसपीआई) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा आधारित मुद्रास्फीति ५ दशमलव ४९ प्रतिशत रहेको छ ।

अगस्टमा सूचकांक ३.६५ प्रतिशत थियो । खाद्य मुद्रास्फीति अगस्टमा ५.६६ प्रतिशतबाट सेप्टेम्बरमा बढेर ९.२४ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ ।



प्रतिक्रिया दिनुहोस !