२ कार्तिक २०८१, शुक्रबार

काठमाडौंको गोर्कणमा कुटपिटबाट एक पुरुषको हत्या, ३ जना पक्राउ

प्रकाशित मिति :  16 October, 2024 2:12 pm


काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा कुटपिटबाट एक पुरुषको हत्या भएको छ। सुुर्खेतको लेकबेसी गाउँपालिका –२ का ४३ वर्षीय होमबहादुर फोजामगरको हत्या भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ९ मा बसोबास गर्दै आएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । फौजामगर नयाँबस्तीको लस लाइट स्कुल नजिकै सार्वजनिक स्थानमा सख्त घाइते अवस्थामा स्थानीयले फेला परेका थिए ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनलाई उपचारका लागि नारायणटारस्थित शंखरापुर अस्पतालमा पठाएको थियो। तर उनको मंगलबार दिउँसो साढे ३ बजे चिकित्सकले मृत घोषणा गरेको एसपी अधिकारीले जानकारी दिए।

प्रहरीले फौजामगरलाई कुटपिट गरी हत्या गरेको आरोपमा पाँचथर घर भई कपन बस्दै आएका ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोक घर भई कपन बस्दै आएका ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भई नयाँ बस्ती बस्दै आएकी २७ वर्षीया विमला भट्टराईलाई पक्राउ गरेको छ । विमलाका श्रीमान विदेशमा छन् ।

उनीहरूलाई प्रहरी बृत्त बौद्धको हिरासतमा राखेर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अगाडी बढाइएको छ।



प्रतिक्रिया दिनुहोस !