९ मंसिर २०८१, आइतबार

मुलुकमा समानुपातिक निर्वाचन प्रणाली हटाउन सकिँदैनः सञ्चारमन्त्री गुरुङ

प्रकाशित मिति :  16 October, 2024 5:47 pm


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समानुपातिक निर्वाचन प्रणाली हटाउन नसकिने बताएका छन् ।
मुलुकमा विद्यमान निर्वाचन प्रणालीमाथि प्रश्न उठिरहेका बेला उनले सो अभिव्यक्ति दिएका हुन् । मन्त्री गुरुङले समानुपातिक निर्वाचन प्रणाली हटाए मुलुक अर्को द्वन्दमा फस्ने चेतावनी समेत दिए ।

बुधवार रेडियो नेपालका दनुवार भाषाको समाचार तथा कार्यक्रमको शुभारम्भ गर्दै उनले मुलुकलाई अर्को द्वन्दमा फस्न नदिन पनि मिश्रित निर्वाचन प्रणाली अंगीकार गर्नुपरेको स्पष्ट पारे । मन्त्री गुरुङले संघीय शासन प्रणालीलाई दोष दिने भन्दा पनि राजनीतिक पार्टीहरूले आफ्नो व्यवहार, आचरण र कार्यशैलीमा रहेको दोष औंल्याएर सुधार गर्दै लैजानुपर्ने आवश्यकता औंल्याए ।

उनले मुलुकको राष्ट्रिय एकता र जनताको सेवाको कामलाई प्रभावकारी बनाउनका लागि संघीयता ल्याउनुपरेको पनि स्मरण गराए। जनप्रतिनिधिहरुको निगरानी जनता आफैँले गर्नसक्ने भएकाले पनि संघीयता मुलुकका लागि उपयुक्त प्रणाली रहेको मन्त्री गुरुङको तर्क थियो ।  मन्त्री गुरुङले देशमा कुनैपनि प्रकारको विभेद अन्त्य गर्न, आपसी झगडा हुन नदिन पनि संघीयता ल्याउनुपरेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !