९ मंसिर २०८१, आइतबार

‘आर्थिक अपराध नियन्त्रण तथा अनुसन्धान गर्न आर्थिक तथा वित्तीय अपराध अनुसन्धान ब्युरो स्थापना हुन्छ’

प्रकाशित मिति :  16 October, 2024 6:38 pm


काठमाडाैँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आर्थिक अपराध नियन्त्रण तथा अनुसन्धान गर्न आर्थिक तथा वित्तीय अपराध अनुसन्धान ब्युरोको स्थापना गर्ने बताएका छन् ।

बुधवार प्रहरी प्रधान कार्यालयमा ६९ औं नेपाल प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

आर्थिक अपराध नियन्त्रण तथा अनुसन्धान गर्न आर्थिक तथा वित्तीय अपराध अनुसन्धान ब्युरोको स्थापना सम्बन्धी अवधारणा तयार गरी तालुक गृह मन्त्रालयमा स्वीकृतार्थ पेश गरेको बताए । उनले नेपाल प्रहरीको कुल स्वीकृत दरबन्दी ७९ हजार ५४१ रहेकोमा हाल कार्यरत जनशक्ति ७५ हजार ६८६ रहेको बताए ।

उनले हाल नेपाल प्रहरीका स्वीकृत २ हजार ६ सय ६० प्रहरी इकाइमध्ये १ हजार ४२ इकाइको आफ्नो जग्गा नरहेको बताए । उनले ७९१ इकाइको आफ्नो कार्यालय भवन नरहेको बताए । उनले ३७० इकाइले भाडामा र ४४१ इकाइले अन्य निकायको भवनमा रहेर सेवा प्रवाह गरिरहेको जानकारी दिए ।  

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको आधुनिकीकरण, सांगठनिक सुदृढिकरण र संस्थागत विकासमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।



प्रतिक्रिया दिनुहोस !