९ मंसिर २०८१, आइतबार

शान्त र संयममतापूर्वक सामान्य रूपमा चाडवाड मनाऔँः महामन्त्री शर्मा

प्रकाशित मिति :  17 October, 2024 10:47 am


काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तिहार, छठ लगायतका चाडपर्वहरू तडकभडक नगरी मनाउन आग्रह गरेका छन् ।

दशैँ,तिहार, छठ, नेपाल संवत, उँधौली पर्व लगायतमा तडकभडक, फजुल खर्च बढी हुने गरेको भन्दै शान्त, संयम र आत्मीयताका साथ मनाउन आह्वान गरेका हुन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले दशैँपर्व सुरू हुनुपूर्वको विपद्बाट नेपालले ठूलो जनधनको क्षति व्यहोरेको भन्दै मृत आत्माको चीर शान्तिको कामना समेत गरे ।

उनले विपद्मा परी घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतक परिवारजनमा समवेदना प्रकट गरे । उनले शान्त र संयमसँग सामान्य चाडपर्वहरू मनउनुपर्ने बताए । दीपावलीको दीपसँगै सबैको मनमा सकारात्मक सोचको भावको दीप जल्नुपर्ने बताए । 

“दशैँपर्व मनाउन सुरू गर्नु भन्दा दुई साता जति अघि मात्रै हामीले २ सय भन्दा बढी आफन्तहरूलाई गुमायौँ, बाढी र पहिरोको चपेटामा परेर । दशैँ मनाउँदै गर्दा हामीले शुभकामना आदानप्रदान त गर्‍यौँ । तर सँगै दिवंगत आत्माको शान्तिको कामना पनि गर्‍यौँ । ति परिवारजनलाई यो बेला पनि सम्झौँ । जब तिहार मनाउने तयारी हामी गर्दैछौँ । शान्त र संयमसँग सामान्य रुपमा तिहार मनाआाैँ । तडकभडक नगरीकन, फजुल खर्च नगरीकन चाडपर्व मनाऔँ,” उनले भने ।



प्रतिक्रिया दिनुहोस !