६ कार्तिक २०८१, मंगलबार

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

प्रकाशित मिति :  17 October, 2024 1:13 pm


काठमाडाैँ । नेपाली चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीवार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक भएको हो । अभिनेता विजय बराल, बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइलीको मुख्य अभिनय रहेको चलचित्रमा गाइने प्रथालाई देखाइएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता विजय बरालले आफूले सिनेमामा पहिलो पटक गाइने पात्र पाएको बताए ।

उनले थिएटरमा यस्तो पात्रहरुको भुमिका निभाएपनि चलचित्रमा पहिलो अनुभव रहेको बताएर । चलचित्रलाई सबैले मन पराइदिनेमा आशावादी रहेको बताए । अभिनेत्री बराइलीले पूर्णबहादुरको सारंगीलाई पनि धेरै दर्शकहरुले मन पराउनेमा आशावादी रहेको बताए ।

चलचत्रिमा सारंगी संस्कृति जोगाउन गाइने समुदायले गर्ने संघर्षको कथालाई समेटिएको छ । ३ मिनेट २६ सेकेण्ड लामो ट्रेलरले सारंगीको परम्परा जोगाउन र यसलाई पुस्तान्तरण गर्नेतर्फ गाइने समुदायले गर्ने संघर्षको कथा देखाइएको छ । सरोज पौडेल निर्देशित फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन् । यो फिल्म कात्तिक १५ गते प्रदर्शन हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !